मंगलबार , असार १, २०७८

अपहरण लगत्तै सकुशल उद्धार, अपहरणकारी पक्राउ

अपहरण लगत्तै सकुशल उद्धार, अपहरणकारी पक्राउ

२१ जेठ, सप्तरी । अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।

पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिनुभएको छ । राजविराजस्थित घरबाट आरोपितले ललाईफकाई झुक्यानमा पारी छलकपट गरी यिन्त्रणमा राखी अपरहण गरेको पीडितले बयान दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पीडित बालिकाका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै बालिकालाई लगेका थिए । आँगनमा निकैबेर बृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् ।

बुद्धा हजुरआमाले छोराको साथी भनेर आरोपितले झुक्यानमा पारेको र विश्वासमा परेर बालबालिकालाई पठाएको बताए। पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपित पक्राउ परेको उनले बताए ।

बालिकाका १६ वर्षीय दाजुलाई रावविराज –३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शंका गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी चेकजाँच गर्दा आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपिट, लागू औषध ओसारपसार, अपहरण,चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिराेको जोखिम पहिचान गरी क्षति न्यूनीकरणकाे तयारी पहिराेको जोखिम पहिचान गरी क्षति न्यूनीकरणकाे तयारी १९ घण्टा पहिले
कोरोनाले पूर्वसांसद अधिकारीको निधन कोरोनाले पूर्वसांसद अधिकारीको निधन २३ घण्टा पहिले
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता १८ घण्टा पहिले
इजरायलको प्रधानमन्त्रीमा विपक्षी गठवन्धनको आलोपालो ! इजरायलको प्रधानमन्त्रीमा विपक्षी गठवन्धनको आलोपालो ! २४ घण्टा पहिले
विद्यालयलाई असार २० भित्र एसईईको आन्तरिक मुल्याङकन सक्न निर्देशन  विद्यालयलाई असार २० भित्र एसईईको आन्तरिक मुल्याङकन सक्न निर्देशन  २४ घण्टा पहिले
निर्वाचन आयोगप्रति डा. भट्टराईको कटाक्ष निर्वाचन आयोगप्रति डा. भट्टराईको कटाक्ष २३ घण्टा पहिले
सुदूरपश्चिम प्रदेशको आगामी बजेट २९ अर्ब सुदूरपश्चिम प्रदेशको आगामी बजेट २९ अर्ब १६ घण्टा पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १९ घण्टा पहिले