बाँदरमुढेका पीडितले अझै न्याय नपाएको गुनासो
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार १६:३७:५९
२३ जेठ,चितवन । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए ।
घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।
लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका–९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेका थिए । दुर्घटनामा परी उनको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । विकले भन्नुभयो “हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।”
बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनको गुनासो छ । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउछन् । सो घटनाकै कारण छ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको उनले गुनासो गरे ।
गएको प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनको भनाइ छ । सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ । सोही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताएका थिए । दुवै खुट्टा र ढाड भाँचिएको थियो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, एक परिवारलाई रु एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने बताए । नगरपालिकामा ६४ परिवारले पीडित भएको भन्दै नाम दर्ता गराएका छन् ।
वाग्मती प्रदेश सरकारको सहयोगमा बाँदरमुढे घटनास्थलमा पार्क निर्माणको काम अघि बढेको छ । उनका अनुसार यस वर्ष रु ४० लाखको लागतमा कम्पाउण्ड गरिँदै छ । सो पार्कमा मृतकका अर्धकदका शालिक, बालउद्यान, बगैँचालगायतका संरचना बन्ने छन् । दुई बिघा आठ कठ्ठा जमीनमा रु आठ करोड खर्च गरेर पार्क निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । सो घटनाको सम्झनामा आज बिहान स्मृति दिवस मनाइएको छ । पीडित परिवारले घटनास्थलको स्मारकमा दीपप्रज्वलन गरेर मृतकको सम्झना गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार