शुक्रबार , असार ११, २०७८

डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण

डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता  डा. शेखर कोइराला अहिलेको कोरोना कहरमा यातायात मजदुरलाई राहत बितरण गरेका छन् । सरकारले जारी गरेकाे निषाेधाज्ञाकाे समयमा दैनिकी गुजरा चलाउन समस्यामा परेका मजदुरलाई राहत बितरण गरिएकाे हाे ।

केहि समय अघि मुस्लिम समुदायको महान पर्व रमजानमा मोरंग जिल्लाका बिभिन्न स्थानमा पुगेर मायाँ साटासाट गर्दै रमजानको शुभकामनासहित सहयोग गरेका नेता डा.कोइरालाले बन्दाबन्दीका कारण हातमुख जोर्न समेत समस्या परेका मजदुरहरुलाई खाद्यान्नको ब्यवस्था समेत मिलाएका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिडका कारण अनौपचारिक क्षेत्रमा परेको असरका बिषयमा अत्यन्तै चिन्तित नेता डा. काेइराला कोरोनाबाट अति प्रभावित यातायात मजदुरहरुलाई राहत बितरण गर्दै रोगसँग लडन हौसला प्रदान गरिरहेका छन् । 

यातायात क्षेत्रमा रहेर आफ्नाे जीवन यापन र पारिवारिक गुजारा चलाउँदै आएका मजदुरहरुको कोरोनाका कारण दैनिकी चल्न अत्यन्तै कठिन परिस्थिति सृजना भैरहेका बेला बिराटनगरमा रहेका नेता डा. कोइरालाले उक्त राहत बितरण गर्न अग्रसरता देखाएपछि उक्त मानवीय कार्यको मुक्त कण्ठले प्रशंसा हुन थालेको छ ।

2

कोइराला निवास बिराटनगरमा आयोजित एक राहत बितरण कार्यक्रममा यातायात मजदुरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । जनशक्ति तथा सामुदायिक बिकास केन्द्र बिराटनगरको आयोजना र डा. शेखर कोइरालाको सहभागितामा आयोजना गरिएको उक्त राहत बितरण कार्यक्रममा नेपाली कांग्रेस मोरंङ जिल्ला क्षेत्र नं. ६ का क्षेत्रिय सभापति निरञ्जन रिजाल, जनशक्ति तथा सामुदायिक बिकास केन्द्र बिराटनगरका अध्यक्ष डिक घिमिरे लगायत नेपाली कांग्रेसका भातृ संस्थाहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १५ घण्टा पहिले
बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति १८ घण्टा पहिले
कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? १३ घण्टा पहिले
सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा १५ घण्टा पहिले
परिस्थितिअनुसार सुरक्षामा विशेष ध्यान दिन आईजीपीको निर्देशन परिस्थितिअनुसार सुरक्षामा विशेष ध्यान दिन आईजीपीको निर्देशन ६ घण्टा पहिले
स्थानीय सरकारहरुले आज बजेट ल्याउँदै स्थानीय सरकारहरुले आज बजेट ल्याउँदै २१ घण्टा पहिले
जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ १६ घण्टा पहिले
बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने १६ घण्टा पहिले