बुधबार , असार २, २०७८

सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ

सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ

२८ जेठ,कर्णाली । कर्णालीमा आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने तीन पक्राउ परेका छन् । उनीहरुले प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गरेका थिए । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् ।

प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा शङ्कर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्तीले मदिरा सेवन गरी हातपात गरेको खुल्न आएको र विस्तृत अनुसन्धानपछि थप वास्तविकता पत्ता लाग्ने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आयुर्वेद अस्पताल प्रमुख डा. रिजालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न कार्यालयको तर्फबाट प्रहरीसमक्ष लिखित निवेदन दिएको छ । “घटनामा अरु कुनैको संलग्नता छ कि नाबालकको यो समूह मात्रै हो भन्ने बुझ्न बाँकी छ”, जिल्ला प्रहरी प्रवक्ता घर्तीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय १९ घण्टा पहिले
किन युवती पाका उमेरका पुरुष छान्छन् ? किन युवती पाका उमेरका पुरुष छान्छन् ? ८ घण्टा पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] १६ घण्टा पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह ३ घण्टा पहिले
दोर्दी खोलाले १४ घर बगायो, ५० घर उच्च जोखिममा दोर्दी खोलाले १४ घर बगायो, ५० घर उच्च जोखिममा २९ मिनेट पहिले
बेलाघाट टापुमा फसेका चारको सेनाले गर्यो उद्धार बेलाघाट टापुमा फसेका चारको सेनाले गर्यो उद्धार २ घण्टा पहिले
खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २४ घण्टा पहिले