गोली प्रहार गरेको अभियोगमा २ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शनिबार ०:१३:१९
२८ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका-८ अस्वार गनारमा स्थानीय बिच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा पूर्ण बहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलीले खोजी गर्ने क्रममा रा.२ प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका-८ टिकरीबाट फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
घटनास्थलबाट म्यागजिन सहितको ६ राउण्ड गोली, एक राउण्ड खोका र कम्पनीको नाम नलेखिएको १ थान पेस्तोल प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार