नेपाल निवासमा पुगे देउवा र प्रचण्ड
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार २:१२:१२
३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि नेकपा एमाले एक हुनुपर्ने दबाबमा परेका नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्। विपक्षी गठबन्धन बनेयता सधैंजसो देउवालाई भेट्न नेताहरु उनको निवासमा पुग्ने गरेकोमा आज भने नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेका हुन्।
उनीहरुबीच सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव र आगामी रणनीतिका विषयमा पनि छलफल जारी छ ।
सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेको छ। पार्टी केन्द्रमा केपी ओली र नेपाल पक्षबीच लडाइँ जारी रहेपनि दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरूमा भने पार्टी एक हुनुपर्ने भावना देखिएको छ। सर्वोच्च अदालतले एमाले महाविधेशन कमिटीलाई मान्यता नदिएपछि पार्टी जेठ २ कै अवस्थामा पुगेको चर्चा सुरु भएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एमालेलाई ०७५ जेठ २ अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। पार्टीमा एकता कायम गर्न नेकपा एमालेको ओली-नेपाल समूहका दोस्रो तहका नेताहरु सोमबार पनि आन्तरिक छलफलमा जुटेका छन्।
नेकपा एमाले भित्रको अन्तरसंघर्षको पेचिलो लडाइँमा रहेको बागमती प्रदेशभित्र आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गर्न भने दुवै पक्ष एक ठाउँमा उभिएका छन्। केन्द्रदेखि स्थानीय तहसम्म दुई फरक समूहको कटाक्ष र लडाइँ जारी रहेका बेला बागमती प्रदेशमा दुवै पक्ष मिलेर पार्टी एकताका लागि दबाब दिएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
जसपा नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने, बुधबार पत्रकार सम्मेलन गर्दै
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार