कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती
नेपालबहस संवाददाता
असार ३, २०७८ शुक्रबार ०:३०:४९
३ असार, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा फेरि क्रियाशील सदस्यताको मुद्धा पार्टीभित्र विवादको मुख्य चुरो बनेको छ । सदस्यता वितरणलाई लिएर संस्थापन पक्षसँग इतरपक्षको जहिल्यै पनि अविश्वास र संशय रहन्छ ।
तत्कालीन सभापति सुशील कोइरालाको पालामा वर्तमान सभापति शेरबहादुर देउवालाई त्यस्तै अविश्वास थियो । महाधिवेशनको मुखमा देउवाले केन्द्रीय सदस्यबाट राजीनामा दिनेदेखि बैठक बहिष्कार, घेराउ, अनशनजस्ता हत्कन्डा अपनाएका थिए ।
घुमीफिरी रुम्जाटार भनेजस्तै देउवाप्रति अहिले पनि त्यस्तै खालको अविश्वास वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले गरेको छ । पौडेल पक्षले पार्टी नेतृत्वले महाधिवेशन कब्जा गर्नका लागि सदस्यता वितरणमा अनियमितता गरेको आरोप लगाएको छ ।
यसैबीच, बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । यसअघि कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकोमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने गरि कार्यतालिका हेरफेर गरिएको बताइएको छ ।
कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो । महाधिवेशन गर्नका लागि कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । तर, क्रियाशील सदस्यता विवाद मिलाउन असार २० गतेभित्रको समय दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार