यस वर्षको विश्व योग दिवस भर्चुअलरुपमा मनाइने
नेपालबहस संवाददाता
असार ४, २०७८ शनिबार ५:५:१७
४ असार, काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअलरुपमा हुने भएको छ । राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ ‘असार ७ गते’ लाई विश्व योग दिवसका रुपमा मनाइन्छ ।
मूल समारोह समितिको यही असार १ गते भर्चुअलरुपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र आयुर्वेद कार्यालय र सम्बन्धितलाई समावेश गरी सदस्यहरु तोक्न भनिएको छ । समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरिया रहेका छन्। यस वर्ष सन् २०२१ को विश्व योग दिवसको थिम ‘योगा फर वेल–बिइङ’ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार