सर्वाेच्च अदालतमा भइरहेको सुनुवाई रोचक
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २०:४२:३४
८ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेपछि भएको मन्त्रिपरिषद पुनर्गठन असंवैधानिक भनी सर्वाेच्च अदालतमा भइरहेको सुनुवाई रोचक देखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलाशमा यो रिटमाथि सुनुवाई गरिरहेका छन् । सुनुवाईको क्रममा प्रधानन्यायाधीश राणाले पटक पटक एउटै जिज्ञाशा दोह¥याएका छन्– मन्त्रिपरिषद विस्तार खारेज भयो भने सरकारमा कतिजना मन्त्री रहनेछन् ?
रिट निवेदकसमेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहसका क्रममा जवाफ दिए – प्रधानमन्त्रीसमेत जम्मा चार जना । अर्थात, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानून मन्त्री लीलानाथ श्रेष्ठ ।
जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणापछि ओली कामचलाउ हैसियतमा छन्, उनलाई राज्यकोषमाथि भार पर्ने कुनै निर्णय लिने अधिकार छैन– वरिष्ठ अधिवक्ता त्रिपाठीले तर्क गरे । कामचलाउ सरकारले राज्यकोषमाथि कुनै व्ययभार पर्ने निर्णय लिन नहुने अभ्यास छिमेकी भारत, बेलायत र अष्ट्रेलियामा रहेको समेत उनले इजलाशलाई स्मरण गराए ।
त्रिपाठीको बहस उत्कर्षमा रहेकै बेला प्रधानन्यायधीश राणाले सोधे–त्यसो भए पछिल्लो पटक हटाइएका मन्त्रीहरुको हकमा के हुन्छ त ? जवाफमा त्रिपाठीले भने–त्यो त प्रधानमन्त्रीले नै हटाइसकेकाले यसबारे इजलाशले केही बोल्नै परेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार