२० श्रावण २०७८, बुधबार

कनेक्ट आईपीएसबाट हुने भुक्तानी रकम बढ्यो

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १९:१८


३१ असार, काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो ।

गत वैशाखदेखि उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकोमा जेठमा भने रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार गत बैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार जेठमा कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । तर गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत बैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आईपीएसमार्फत रु एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा रु एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकोमा बैशाखमा रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

इन्टरनेट बैंकिङमार्फत गत बैशाखमा रु १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको हो ।

मोबाइल बैंकिङमार्फत गत वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत बैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत रु चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

घट्यो वालेटको कारोवार

वालेटमार्फत गत वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोवार भएकोमा जेठमा रु आठ अर्ब ३५ करोड ३० लाख बराबरको कारोवार भएको छ । गत वैशाख महिनाको तुलनामा जेठमा मात्र रु एक अर्ब ७५ करोड ३० लाखले कारोवारमा कमी आएको हो ।

यस्तै गत बैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोवारमा रु ५६ करोड १० लाखले कमी आएको छ । बैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोवार भएकामा जेठमा रु एक अर्ब ९६ करोड ८० लाख बराबरको कारोवार भएको छ ।

यस्तै गत वैशाखको अनलाइन (इ–कमर्श) का माध्यमबाट रु ७६ करोड ८० लाख बराबरको कारोवार भएकामा जेठमा कारोवार रकममा कमी आई रु १६ करोड १० लाख बराबरको कारोवार भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?