ओलीको रणनीतिः माधव नेपालबाहेकको शक्ति निर्माण
कुसुम सेञ्चुरी
साउन ५, २०७८ मंगलबार १७:४:३
५ साउन, काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अब एमालेको रणनीतिक के होला भन्ने प्रश्न उठेको छ ।
यही बेला केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक राखेर एमालेले नेपालसहितका २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । उनीहरुलाई २४ घण्टे अल्टिमेटम दिएर स्पष्टिकरण सोधेपछि नेपाल समूहले पनि आन्तरिक छलफलमार्फत स्पष्टिकरण नबुझाउने नीति अख्तियार गरेको छ ।
पार्टीको निर्णय नै उल्लंघन गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेका वरिष्ठ नेता नेपालको अबको रणनीति के होला भन्ने प्रश्न उब्जिएको छ । उता केपी ओलीले नेपालबाहेक सबैलाई स्वीकार गर्ने गरी एमालेको २०७५ जेठ २ अघिकै अवस्थामा १० औं केन्द्रीय कमिटीको बैठक राखेका छन् । सोमबार र मंगलबार दुई दिन चल्ने गरी सो बैठक राखेर नेपाललाई अस्वीकार गरेको स्पष्ट सन्देश उनले दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने निर्णय गरेपछि एमाले स्थायी कमिटीको बैठक बसेर देउवालाई विश्वासको मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो । यो निर्णय अनुसार अब माधव नेपाल र उनको समूहका सांसदहरु एमाले रहेनन् । केन्द्रीय कमिटीको बैठक पनि नेपालरहति एमाले बनाउनेतर्फ अघि बढेको देखिन्छ ।
सोमबारको बैठकमा कृष्ण राई, महेश बस्नेत लगायतका केन्द्रीय सदस्यहरुले नेपाललाई पार्टीबाट तुरुन्तै निष्काशन गर्न माग समेत गरे ।केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला माधव नेपालको विरोधमा प्रर्दशन समेत भयो । त्यसबेला ईश्वर पोखरेलले बाहिर आएर थुम्थुम्याउने प्रयास पनि गरे । तर पनि जनवर्गीय संगठनका कार्यकर्ताले माधव नेपालको पुत्ला समेत दहन गरे ।
यसको अर्थ केपी ओली नेतृत्वको सरकार ढलाउन नेपालको भुमिका थियो र ओली आफैले पनि नेपाल विरुद्ध दिएको अभिव्यक्तिले उनी निकट रहेका कार्यकर्ता चिसिएको प्रष्ट हुन्थ्यो । प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि प्रतिनिधिसभाले बाँकी कार्यकाल पूरा गर्न पाउने सम्भावना उच्च देखिएको छ । विश्वासको मत पाइसकेपछि अब प्रधानमन्त्री शेरबहादुर देउवा अविश्वासको प्रस्तावबाट बचेका छन् ।
संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत पाइसकेपछि १ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन र त्यो अवधिसम्म वर्तमान प्रतिनिधिसभाको कार्यकाल नै सकिन्छ । अब समर्थन गरेका पार्टीले समर्थन फिर्ता लिने वा देउवाको पार्टी नेपाली कांग्रेस नै विभाजित भएको अवस्थामा बाहेक सरकारलाई अरु खतरा छैन ।
सरकारले तत्काल सजिलै नढल्ने गरी विश्वास पाइसकेपछि अब नेपाल बिजनेसविहीन भएका छन् । प्रधानमन्त्री भइसकेका उनी देउवा सरकारमा मन्त्री बन्न जाने वा नयाँ दल खोल्ने अवस्था नआएसम्म उनीहरु एमालेनै रहने भएकाले ओलीले पनि पार्टीभित्र छिर्न नदिदाँ नेपाल पक्ष निकै अप्ठ्यारोमा परेको छ । सरकार बनाउने र ढलाउने खेल प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि अब लगभग रोकिएको छ ।
नेपालसहित उनको पक्षका केही सांसदहरुले अब पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्ने भनेका छन् । तर, केपी शर्मा ओली नेतृत्वमा रहँदासम्म नेपाल पक्षको एमालेमा सहज र सम्मानजनक एकता हुन सक्ने देखिन्न । ओली नेपाल पक्षसँग अत्यन्तै रुष्ट छन । यस्तोमा उनी सहजै माधव नेपाललाई पुरानै हैसियतमा स्वीकार गर्न तयार होलान् भन्ने सोच्न पनि असहज भएको छ । ओलीसँग असन्तुष्ट नेपाल पक्षका नेता कार्यकर्ताहरु तल्लो तहसम्म छन् । यो असहजतको फाइदा नेपालले पार्टीभित्रै रहेर उठाउनु पर्नेमा ओलीले पार्टीभित्र छिर्न नदिदाँ उनीहरु तत्कालका लागि वेवारिसे बनेका छन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएर पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै सोमबारको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि नेपाल समूहपनि टाढिएको छ । बैठकले माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञावालीले बताए । उनका अनुसार विघटित कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि नेपालसहितका सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलमा ओलीतर्फ रहेर विश्वासको मत दिने किसान श्रेष्ठ र प्रेम आले लगायतका आठ जना सांसद पनि सहभागी भएका थिए । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)अनुसार बन्ने सरकारलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने व्याख्या गरेको र पार्टीले कारवाही वा स्पष्टिकरण सोध्न नपाउने नेपाल पक्षका सांसदहरुको तर्क रहेको छ ।
पार्टी निर्देशन नमाने पनि देउवालाई विश्वासको मत नदिने सांसदलाई भने एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छैन । भीम रावलले मतदानअघि राजीनामाको घोषणा गरेका छन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट र झपट रावलहरु मतदान पूर्वनै संसदबाट बाहिरिएका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्लीमा रहेका छन् । उनले दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए । यसबाट के प्रष्ट हुन्छ भने ओलीले नेपालबाहेक नै शक्ति आर्जन गर्न खोजिरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार