२० श्रावण २०७८, बुधबार

महालक्ष्मी विकास बैंकको मुनाफा ७१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार ०८:२७


काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको मुनाफा ७१ प्रतिशत बढेको छ।

चौथो त्रैमाससम्म बैंकले ७३ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा ७१.०२ प्रतिशत बढेको हो।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १.५० प्रतिशत मात्र बढेको छ । त्यस्तै, खुद फि तथा कमीशन आम्दानी १०.१० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ भने जगेडा कोष २६।१३ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप गत १ वर्षमा ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९८ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको पीईरेशियो २०.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ भने आधार दर ९.९५ बाट ७.२८ र स्प्रेड दर ४.३५ बाट ४.५३ पुगेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?