चामेको झोलुङ्गे पुल बगाउँदा आवतजावतमा सकस
नेपालबहस संवाददाता
साउन ६, २०७८ बुधबार १८:३६:३४
६ साउन, मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।
गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।
माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उनले भने, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनःवर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”
बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पु¥याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उनले भने ।
चामेको मोटरेवल पुलमा भने हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढीपहिराले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार