२० श्रावण २०७८, बुधबार

सेञ्चुरी कमर्सियल बैंकले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १६:४३


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो ।

बैंकले दिदै आएको प्राथमिक शेयर निष्कासन, थप सार्वजनिक निष्कासन, हकप्रद शेयर धितोपत्र खरिदको लागि लगानीकर्ताहरुबाट दरखास्त संकलन तथा सो सम्बन्धि कार्य गर्दै आएको छ । बैंकले अब सो सेवा उपलब्ध गराए वापत २५ रुपैयाँ शुल्क लिने जानकारी गराएको हो ।

साथै बैंकले हालसम्म सीआरएन नम्बर नलिएका इच्छुक खातावालाहरुलाई सीआरएन नम्बर लिन समेत आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?