मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार, कति पुग्यो शाखा संख्या ?
नेपालबहस संवाददाता
साउन १५, २०७८ शुक्रबार २१:२९:३७
१५ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।
प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
यससँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ वटा पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार