विद्युत् आपूर्ति समस्याले उत्पादन घट्ने
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १८:३१:५०
१९ साउन, विराटनगर । विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सो गुनासो गर्दै नेपाल विद्युत् प्राधिकरणको प्रदेश नं १ का प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहीवारसँगको छलफलमा कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युत्सम्बन्धी समस्याबारे छलफल गरेको हो ।
अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभिएलाइन जडान रहे तापनि हाल विद्युत् आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत् आपूर्तिका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौती गर्न बाध्य भएको समस्या बताए ।
विद्युत् ट्रिपिङ एवं भोल्टेजको अस्थिरताबाट उद्योगका विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने तथा पुनःप्रक्रियामा ल्याउनु पर्ने आदि समस्याबाट उद्योगलाई ठूलो व्ययभार थपिने गरेको जानकारी दिए ।
वर्षायाममासमेत विद्युत् आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्भारका कार्य सुस्त गतिमा हुने गरेको, विद्युत् प्राधिकरणबाट पूर्व सूचनाबिनै पटकपटक विद्युत् कटौती हुने गरेको समस्या विद्यमान रहेको जानकारी दिँदै अध्यक्ष मुन्दडाले विद्युत् आपूर्तिमा हुने गरेका त्यस्ता समस्याका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौको निर्यात प्रभावित भएको र राजस्वसमेत गुमिरहेको बताए ।
उहाँले विद्युत् महुसुुल र डिमाण्ड शुल्कको दरमा लगातार वृद्धिका कारणसमेत उद्योगको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेकले प्राधिकरणले विद्यमान समस्याको शीघ्र समाधानका लागि ठोस् कदम चाल्नुपर्ने र औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण हुने गरी गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । उद्योगी र व्यापारीको समस्यामा प्राधिकरणले छिट्टै योजनासहित अघि बढ्ने प्राधिकरण प्रमुखले आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
तल्लो सेती जलविद्युत आयोजनाको कामलाई तीव्रता दिइँदै
बैशाख ३०, २०८१ आइतबार
गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार