७ आश्विन २०७८, बिहीबार

सिटी एक्सप्रेस र कुवेतको अलमुला एक्सचेन्जबीच कारोबार सुरु

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १७:४१


१० भदौ, काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र कुवेतको अलमुला एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसले कुवेतमा रहेका नेपालीहरुलाई स्वदेश पैसा पठाउनका लागि सहज होस् भन्ने हेतुले अलमुला एक्सचेन्जसँग सहकार्य गरेको बताएको छ ।

कारोबार सुरु गरेको जनाकारी दिँदै सिटी एक्सप्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अलमुला एक्सचेन्ज कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् ।

कुवेतमा रहेका नेपालीहरुले अलमुलाको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिने जानकारी दिइएको छ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको दावी गरेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा