८ आश्विन २०७८, शुक्रबार

लगानी बोर्डको रणनीतिक योजनाः ५ मुल लक्ष्य, १० अर्ब डलर लगानी स्वीकृत गर्ने

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार १४:३७


२३ भदौ, काठमाडौं । लगानी बोर्डले ५ वर्षमा १० अर्ब अमेरिकी डलर डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहितको रणनीति योजना सार्वजनिक गरेको छ ।

लगानी बोर्डको दशैं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेर बहादुर देउबाले उक्त योजना सार्वजनिक गरेका हुन् ।

२०६८ सालमा स्थापना भएको बोर्डले ‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ को मुल नारासहित वार्षिकोत्सव मनाएको हो ।

रणनीतिक योजनामा ५ वटा मुल लक्ष्यहरु लिइएको छ । जसमा ५ वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने, ६ अर्ब डलर बराबरका सार्वजनिक–निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने र कम्तीमा १ लाख रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने लक्ष्यहरु रहेका छन् ।

यसैगरी, लगानीको वातावरण सुधार गर्न योगदान पुर्याउने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता