चितवनमा एमसीसी खारेजीको माग राख्दै सीडीओ कार्यालय घेराउ
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार २०:७:५८
२५ भदौ, चितवन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ ।
एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै शुक्रबार दिउँसो प्रशासन कार्यालय घेराउ गरेको हो । सिडिओ कार्यालयको उत्तर र दक्षिणतर्फबाट आएको दुई टोलीले कार्यालयअघि केही बेर प्रदर्शनसमेत गरेको थियो ।
प्रदर्शनका क्रममा ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाइएको थियो । उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पनि नारा लगाएका थिए । सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
एमसीसी सम्झौताभित्र राष्ट्रघाती बुँदाहरु समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका अध्यक्ष फणिन्द्र आचार्यले बताए । ‘अमेरिकाले एमसीसी सम्झौता संशोधन गर्न नमिल्ने बताइसकेकाले अब त्यो खारेज गर्नुको विकल्प छैन,ु उनले भने ।
एमसीसी सम्झौता खारेजीको माग राखेर संघर्ष समितिले केही दिनदेखि लगातार कार्यक्रम गर्दै आएको छ । चितवनबाट संघीय संसदमा निर्वाचित भएका तीन जना सांसदलाई एमसीसी विरुद्ध उभिने कुरा सार्वजनिक रुपमा घोषणा गर्न समितिले अल्टिमेटम दिएको छ ।
अल्टिमेटमको अवधि आज साँझ ६ बजे सकिँदै छ । उक्त अवधिभित्र सार्वजनिक रुपमा एमसीसीको विरुद्धमा उभिने घोषणा नगरे उनीहरुको घर नजिक विरोध प्रदर्शन गर्ने र कालो झण्डा गाड्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिव अजीव पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार