मधेसमा ‘फुटेको हाँडी’ जोड्ने प्रयास र महन्थ ठाकुर
नेपालबहस संवाददाता
भदौ २६, २०७८ शनिबार १५:७:१५
स्वच्छ छवि भएर मात्र राजनीति सफल नहुने रहेछ । महन्थ ठाकुर यतिबेला मधेश–केन्द्रित राजनीतिमा फाल्तु जोकर झैं हुन थालेका छन् । खड्गप्रसाद ओलीको शासनलाई धोई–पखाली सकेसम्म गंगाजल छर्केर चोख्याएर समर्थन गरेका महन्थ र राजेन्द्र महतो यतिबेला शेरबहादुर देउबा नेतृत्वको गठबन्धन सरकारलाई पनि समर्थन दिएर बसेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र महतोको सद्भावना पार्टी जसपासँगको एकतामा एक वर्ष पनि टिकेनन् । यतिबेला महन्थ र राजेन्द्र अर्को पार्टी बनाउने प्रक्रियामा छन् । ठूलो शक्ति उपेन्द्र यादवले लगे, उनले समेट्न नभ्याएको हिस्सा महन्थ र राजेन्द्रको भागमा प¥यो । सत्ताको खेलमा मधेशवादी पार्टीहरूभित्र जोड र तोडको खेलासहित कलह हानथाप र रुवाबासी चल्न थाल्छ ।
महन्थको ‘मिस्टर क्लिन’ इमेज मधेसमै भजाउन सकिएन । नेपाली कांग्रेसमा रहँदासम्म २०४८ र २०५६ सालका दुवै आमनिर्वाचन र २०५१ को मध्यावधि निर्वाचन जितेका महन्थ ठाकुरले कांग्रेस छोडेर तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्ष बनेपछि २०६४ र २०७० का दुबै निर्वाचनमा पराजयको धूलो चाट्नुप¥यो ।
अहिले उनी रुन्चे हाँसोका साथ ‘मधेसी एकता’ को खोटो सिक्काजस्तो नारा भट्याइरहेका छन् । तर त्यसमा उनलाई पहिले नै भरोसा थिएन । कांग्रेस पृष्ठभूमिका महन्थलाई कम्युनिष्ट र राजावादी पृष्ठभूमिका अतिमहत्वाकांक्षी र धूर्त हृदयेश त्रिपाठीले ‘फसाए’ । फसाएको अनुभूति उनलाई तमलोपाको स्थापनाकालमै भएको थियो । त्यो बेला उनी त्रिपाठीसमक्ष आपूलाई फसाएको भन्दै रोएका थिए । कांग्रेसमा कार्यकर्तासम्म नै उनको जुन आदर सम्मान थियो त्यो उपलब्धी त अब मटियामेट नै भयो । ठाकुरलाई मधेसकै भूमिमा पराजय सिवाय केही देख्न पाइएला भन्ने गुञ्जाइश रहेन ।
२०७० मा पराजय र असफलता भोगेका मधेसवादी दलहरूको चौथो शक्तिको हैसियत गुृमेर ‘गाई’ का नक्कली गोठालाहरूले चौथो स्थानको हैसियत पाए, तब मधेश दोहन गर्न र चौथो शक्तिको दाबी गरेर फेरि शक्तिमा पुग्न एकीकरणको नाटक मञ्चन गर्न थाले । जे भए पनि महन्थ ठाकुरको जुन इज्जत कांग्रेसमा हुँदा थियो, त्यो इज्जत र प्रतिष्ठा तमलोपा, जसपा र मधेसवादी राजनीतिले फिका बनाइदियो । सत्ता पाइन्छ भने जस्तोसुकै गतिविधि गर्न पनि पछाडि नपर्ने वा लाज नमान्ने ‘मधेसवादी नेताहरू’ ले उनलाई भजाउन पाएसम्म भजाउँदै रहने छन् ।
कांग्रेस छोडेर हिंडेपछि महन्थ ठाकुरको अध्यक्षतामा ‘तराई मधेस लोकतान्त्रिक पार्टी’ (तमलोपा) को स्थापना २०६४ साल मंसिर १३ गते स्थापना भयो । स्थापना घोषणा गर्न आयोजित कार्यक्रमको भित्तामा टाँसिएको ब्यानरमा पार्टीको ठेगाना लेख्दा ‘नेपाल’ पनि लेखिएको तर पछि त्यसलाई कार्टोन टेप टाँसेर मेटेको नियत अर्थपूर्ण थियो ।
संस्थापक केन्द्रीय समितिमा हृदयेश त्रिपाठी, ब्रिखेशचन्द्र लाल, महेन्द्रपं्रसाद यादब, रामचन्द्र राय, सर्बेन्द्रनाथ शुक्ल, अनिश अन्सारी, रामचन्द्र कुशवाहा, श्रीकृष्ण यादब, गोविन्दप्रसाद चौधरी, रामकुमार चौधरी, हाल एमाओवादीमा गएका रामकुमार शर्मा, जितेन्द्र सोनल, विश्वनाथ साहा, सत्यवती कुर्मी, कृतराम कुमाल, दिलिप सिंह र हाल महिला आयोगमा भएकी शेख चाँदतारा थिए ।
यसबीच महेन्द्र राय यादब फुटेर अर्को पार्टी ‘तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल’ बनाए । जुट र फूट त मधेशवादी राजनीतिको नियमित विशेषता भईसक्यो । मधेसका उच्चजात र जमिन्दारको पार्टी भनिने जुनसुकै नामधारी पार्टी उनीहरू बनाउँदै जाउन्, तर त्यसको को जनाधार र बजार तराईमै निरन्तर खस्किँदो छ ।
बि.सं. १९९९ जेठमा भारतको बिहारमा पिता कुशेश्वर ठाकुरबाट जन्मेका ठाकुरले २०३४ सालमा नेपालमै बिहे गरेपछि इतिहासको प्राध्यापक भएर यतै बसोबास गर्न थालेका हुन् । एक छोरा धरानमा एम.बी.बी.एस् पढदाका बेला विजयपुर डाँडाबाट साइकलमा फर्किँदा साइकलबाट कान्लामुनि पुगेर त्यहीँ निधन भएपछि उनी हाल एकमात्र छोरीका बाबु भएर रहेका छन् । २०५१ सालमा नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य भएका ठाकुरले पार्टीका अनुशासन समितिको अध्यक्ष, कोषाध्यक्षजस्ता पद पनि सम्हाले ।
सूचना तथा सञ्चार, वन तथा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र २०४८ सालपछि प्रतिनिधिसभाको उपसभामुखजस्ता सम्मानजनक पदहरू पाए । त्यस्तो सम्मान आज उनलाई मधेसवादी राजनीतिमा कल्पनाको विषयमात्र हुनपुगेको छ । भ्रष्टाचारको विवादमा कहिल्यै नपरेका महन्थ ठाकुरको लागि अबको मधेसवादी राजनीति फलामको चिउरा जो हुँदैगएको देखिन्छ । अब महन्थ ठाकुरको लागि सर्बोत्तम विकल्प दायाँबायाँ नहेरी आफ्नो पुरानै घरमा फर्कनु नै श्रेयस्कर हुने देखिन्छ । विहान घरबाट निस्कँदा बाटो भुलेर दिनभरि हराएको छोरो साँझमा घर आईपुगेमा घरवालाले आफ्नो सन्तान भित्य्राउन्न भन्ने कुरा आउँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
नेपालबारे के भन्छिन जापानकी विदेशमन्त्री खामिखावा ?
बैशाख २३, २०८१ आइतबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार