तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
भदौ २७, २०७८ आइतबार ११:२२:७
वि.सं.२०७८ साल भदौ २७ गते । आईतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–विसाखा, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त अनुराधा । योग– वैधृति, दिउसो ०३ बजेर ४५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव, बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला, बिहान ०७ बजेर ३० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान ३० घडी ५७ पला । सूर्यषष्ठी ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- आफन्त तथा चेलिमाईतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थाई सम्पतीको भरपुर प्रयोग गर्न पाईनेछ । नाँफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भने जस्तो उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिने छ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशी वस्तु प्राप्तीको योग रहेको छ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाईनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यावसायमा लगानी बढाउन सकिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेको छ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- खर्च बढ्नुका साथै आर्थिक संकटको सामना गर्नुपला । अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा पनि लगानीको समय छ । विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार