बार्सिलोना बायर्नसँग ३-० गोल अन्तरले पराजित
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १३:४:४७
३० भदौ, काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेको थियो ।
बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे । खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए ।
खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३-० को अग्रता बनाए । समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले गोल सहित बराबरी खेल्दै १-१ अंक बाँडे ।
जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ । मंगलबार राति राति नै भएको समूह ‘एच’को खेलमा साविक विजेता चेल्सी र युभेन्ट्सले विजयी यात्रा सुरुवात गरेका छन् ।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिट सेण्ड पिटरर्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा निर्णायक गोल यसै सिजन अनुबन्धन भएका रोमेलु लुकाकुले गरे । लुकाकुले ६९औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई तीन अंकको पर्याप्त रह्यो ।
समूह ‘एच’कै अर्को खेलमा युभेन्टस्ले घरेलु टोली माल्मोलाई ३-० गोल अन्तरले पराजित गरेको छ । स्विडेनमा भएको खेलमा युभेन्टस्लाई जित दिलाउन एलेक्स सान्द्रो, कप्तान पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे ।
युभेन्टस्ले पहिलो हाफमै ३ गोल गरेको थियो । खेलको २३औँ मिनेटमा सान्द्रोले युभेन्टस्लाई अग्रता दिलाए । ४५औँ मिनेटमा कप्तान डिबलाले पेनाल्टीमा गोल गर्दा मोरटाले ४५औँ मिनेट पछि थपिएको १ मिनेटमा गोल गरे ।
जितसँगै समान तीन अंक भए पनि समूह ुएचुमा युभेन्टस् पहिलो स्थानमा रहँदा चेल्सी दोस्रो स्थानमा छ । बिना कुनै अंक जेनिट र माल्मो क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
समूह ुएफुको खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेष्टर युनाईटेड योङ ब्वाईजसँग स्तब्ध भएको छ । स्विजरल्याण्डमा भएको खेलमा रोनाल्डोले गोल गरे पनि १० खेलाडीमा सीमित युनाइटेड योङ ब्वाईजको घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको १३औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युनाईटेडलाई अग्रता दिलाएका थिए । रोनाल्डोले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नाण्डेजको पास सदुपयोग गरेका थिए ।
खेलका ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो । आरोन वान विशाकाले रातो कार्ड पाएर मैदान छाडे । दोस्रो हाफमा योङ ब्वाईजले लगातार दुई गोल गर्यो । निकालोस नगामालेउले खेलको ६६औँ मिनेटमा बराबरी गोल गरे । थपिएको पाँच मिनेटमा जोर्डन सिएबात्चेउले गोल गर्दै घरेलु टोली योङ बाईजलाई रोमाञ्चक जित दिलाए ।
समूह ‘एफ’को अर्को खेलमा भिल्लारियल र एटालान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै समूह ‘एफ’मा योङ ब्वाईज शीर्ष स्थानमा छ । यस्तै युनाइटेड भने पुछारमा छ । अंक बाँडेका एटालान्टा र भिल्लारियल भने दोस्रो र तेस्रो स्थानमा छन् ।
राति नै भएको समूह ‘जी’ मा दुबै खेल बराबरीमा टुंगिएका छन् । सेभिल्लाले रेडबुल साल्जबर्गसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो भने लिल्ले र वुल्फस्बर्गले गोलरहीत बराबरी खेले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार