च्याम्पियन्स लिगमा आज समूह चरणका खेलहरु हुँदै
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १९:५१:०
३० भदौ, काठमाडौं । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए ।
मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह सी को यो खेल नेपाली समयअनुसार राति १०ः३० मा टर्की स्तानबुलस्थित भोडाफोन पार्कमा हुनेछ । समूह सी कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपी र नेदरल्याण्डको एजाक्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
समूह डीअन्तर्गत माल्दोभाको एफसी सेरिफ तिरास्पोल र उक्रेनी क्लब सख्तर डानेटसकबीचको खेल राति १०ः ३० बजे सुरू हुनेछ । खेल माल्दोभाको सेरिफ मैदानमा हुनेछ । समूह डी कै अर्को खेलमा युरोपेली बलिया क्लब इन्टर मिलान र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । इटाली क्लब इन्टर र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे मिलानस्थित सान सिरो मैदानमा हुनेछ ।
समूह ए को खेलमा क्लब ब्रग र पेरिस लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मन ९पिएसजी० बीच प्रतिस्पर्धा हुनेछ । स्टार खेलाडी लियोनल मेस्सी पिएसजी जोडिएपछि उसले खेल्न लागेको पहिलो खेल हो । घरेलु क्लब ब्रगविरुद्ध तीन स्टार लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे नै रहनेछन् ।
समूह ए कै अर्को खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाईपजिकको सामना गर्नेछ । दुबै खेल नेपाली समयअनुसार पौने एक बजे सिटी घरेलु मैदान इतिहादमा सुरु हुनेछ ।
यस्तै समूह बीको खेलमा स्पेनिस ला लिगा क्लब एथ्लेटिको म्याड्रिडले एफसी पोर्टोको सामना गर्नेछ । खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । समूह बी कै अर्को खेलमा लिभरपुल र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । समूह बीका दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार