आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग सुरु हुँदै
नेपालबहस संवाददाता
असोज २, २०७८ शनिबार १४:३६:५३
२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ । शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले आर्टिफिसियल टर्पमा प्रतियोगिता गराएर म्याटमा छनोट खेल खेल्न जाने गरेको थियो ।
लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । १० टोली सहभागी फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।
कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यसमिति आएपछि एन्फाले आयोजना गरेको यो पहिलो फुटसल लिग हो । यसअघि एन्फाले एएफसी फुटसल छनोटमा सहभागी हुन खुल्ला छनोट गरेर खेलाडीलाई इरान लगेको थियो ।
चेन्ज एन्फा, सामुहिक एकता, विकेन्द्रीकरण, आर्थिक पारदर्शितालगायत मुद्दासहित एन्फाको नेतृत्वमा आएका कर्मा छिरिङले सुरुमा आफूनिकट रहेका दावा लामालाई फुटसल कमिटी संयोजक नियुक्त गरेका थिए ।
तर पछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहबरमा आफू विरोधी कार्य गरेको भन्दै कर्माले दावाको संयोजक पद खोस्दै आफूनिकट रहेका रत्नकुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेका थिए । एन्फाले यो प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार