३० आश्विन २०७८, शनिबार

क्लियरिङ्ग हाउसले बढायो कारोबारको समय सीमा

प्रकाशित मिति :  ३ आश्विन २०७८, आईतवार १७:५४


३ असोज, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो कारोबार समय बढाएको छ । क्लियरिङ्ग हाउसले आफ्ना विभिन्न सरोकारवाला निकायको मागलाई ध्यानमा राख्दै सेवा संचालनको समय थप गरेको हो ।

अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS) को उपयोगिता बृद्घि भईरहेको अवस्थामा प्रणाली मार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बृद्धि गरिएको जानकारी दिइएको छ ।

NCHL-IPS प्रणालीमा बिहानको ९ः०० बजे देखि दिनको ३:०० बजेसम्म (आईतबार देखि बिहिबार सम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहिबारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (T+0) नै फर्छौट हुने व्यवस्था यही मिति ०४ आश्विन ०४, २०७८ देखि लागु हुने भएको छ ।

यस अघि बिहानको १०ः०० बजे देखि दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुनेगरेको छ । उक्त समय सीमा बृद्धी पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् रहने छ । त्यसै गरी दिनको ३:३० बजेसम्म प्राप्त भएकाबैकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । शुक्रबारको दिन १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको क्लियरिङ्ग हाउसले जनाएको छ ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै NCHL-IPS मा बृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास क्लियरिङ्ग हाउसको छ । NCHL-IPS मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/ पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार रु २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी रु ५० करोडसम्म र सरकारी भुक्तानी रु २ अर्ब सम्म गर्न सकिन्छ । हाल NCHL-IPS मार्फत भुक्तानी कारोबारहरु बैंक⁄वित्तिय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, CORPORATEPAY प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) लगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ । हाल NCHL-IPS को कारोबार शुल्क रु २ देखि रु १० सम्म रहेको छ ।

एनसीएचएलले हाल NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI र CORPORATEPAY लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत सबैजसो बैंक वित्तिय संस्थाहरु आबद्ध छन् । थप जानकारीका लागि www.nchl.com.np हेर्न क्लियरिङ्ग हाउसले अनुरोध गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा