काठमाडौंमा वडाको अन्तिम अतिजा आउन किन ढिलाइ ?
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १४:२०:२९
११ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशनको अन्तिम नजिता आउन ढिलाइ भइरहेको छ । ५ असोजदेखि सुरु भएको वडा अधिवेशनको आज ‘सोमबार’ सम्म पनि अन्तिम नजिता आउन नसकेको हो । वडाको नजिता समयमै नआउदा पालिका अधिवेशनसमेत प्रभावित बनेको छ ।
काठमाडौंका निर्वाचन अधिकृत नरहरि आचार्यले अझै २३ वटा वडाको नजित प्राप्त हुन बाँकी रहेको जानकारी दिए । ‘१३८ वडामध्ये ११५ वटाको मात्र नजिता प्राप्त भएका छ’, आचार्यले न्युज कारखानासँग भने, ‘सबै वडामा निर्वाचन सकिए पनि नजिता आउन ढिलाइ भइरहेको छ ।’ आचार्यका अनुसार मतदातको संख्या धेरै हुदा उम्मेदवारको संख्या पनि धेरै हुने भएकाले मत गणनामा समय धेरै लाग्ने गरेको छ ।
‘उम्मेदवारले सबै मत गणनास्थलमा आफै बस्ने खोजेका लागि पनि गणनामा ढिलाइ भइरहेको खबर आइरहेको छ’, आचार्यले भने, ‘गणनामा उम्मेदवारले प्रतिनिधिको विश्वास नगरेर आफै बस्न खोज्दा पनि कतिपय वडाको गणनामा ढिलाइ भइरहेको हो ।’ आचार्यले निर्वाचन समितिलाई प्राप्त भएको नजिताअनुसार सुरुमा आगामी अधिवेशनका मतदाता ‘क्षेत्रीय प्रतिनिधि’ को नामावाली फर्मेटमा तयार गर्ने काम भइरहेको बताए ।
‘क्षेत्रीय प्रतिनिधिको नामावाली केन्द्रीय निर्वाचन समितिको फर्मेटमा तयार गरेर पार्टीको वेबसाइटमा राखिने छ’, आचार्यले भने, ‘सबै वडाको नजिता सम्भवतः भोलिसम्म प्राप्त गर्ने र पर्सीसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाउछौ ।’ १६ असोजमा पालिका अधिवेशनको मिति तोकिएकाले पनि बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्नुपर्ने बाध्यता निर्वाचन समितिलाई छ ।
काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार