११ कार्तिक २०७८, बिहीबार

निर्माणाधीन घरबाट लडेर युवकको मृत्यु

प्रकाशित मिति :  ११ आश्विन २०७८, सोमबार १२:११


११ असोज, रुपन्देही । बुटवल उपमहानगरपालिका-१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका-९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २५ वर्षीय गोबिन्द प्रसाद थारुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा