३० आश्विन २०७८, शनिबार

सबैको लघुवित्तले शेयरधनीलाई ३१ दशमलव ०५ प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति :  २० आश्विन २०७८, बुधबार १०:४०


२० असोज, काठमाडौं । सबैको लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने आकर्षक लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ छ। ३१.०५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा