छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन
नेपालबहस संवाददाता
कात्तिक ५, २०७८ शुक्रबार १५:४२:११
५ कार्तिक, डोटी । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराेका कारण विगत पाँच-छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३-११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।
यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताए । अवरुद्ध भएको फोन तथा विद्युत् सेवा सञ्चालन भएका कारण यहाँका नागरिकले यो विपद्का समयमा केही राहत महसुस गरेको दिपायल राजपुरका टेकबहादुर शाहले बताए।
प्रमुख सहरबजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी–पहिराले के–कति क्षति पु¥याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।
जिल्लाको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको जोरायल गाउँपालिका–६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराेका कारण यहाँ हालसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको छ ।
जिल्लामा बाढी–पहिराेका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार