२३ मंसिर २०७८, बिहीबार
जरिवाना
फाईनान्स कम्पनी

आधा दर्जन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा, सबैभन्दा धेरै कारवाही भोग्नेमा ललितपुर फाइनान्स

प्रकाशित मिति :  ९ कार्तिक २०७८, मंगलवार ११:५६


८ कार्तिक,काठमाडौं । नेपाल राष्ट्र बैंकले गैह्रस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई कारवाही गर्दै जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो ।

राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराइएको छ ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ ।

त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास), ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो ।

गत आर्थिक बर्ष ०७६/७७ मा पनि राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई ८ पटक विभिन्न निर्देशनहरु उल्लङघन गरेको भन्दै कारवाही गरेको थियो । गतबर्ष त हरेक महिना जसो कारवाही भोग्दै आएको ललितपुर फाइनान्सले जरिवानावापत लाखौं रुपैयाँ तिर्दै आएको छ ।

यो फाइनान्सले सबैभन्दा बढी सीसीडी रेसियो ( कर्जा निक्षेप अनुपात) कायम गर्न नसकेवापत धेरै जरिवाना तिरेको छ । त्यस्तै विपन्न वर्गमा कर्जा प्रवाह नगरेको, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेवापत कारवाही भोग्दै आएको हो ।

दोस्रो नम्बरमा सिटी एक्सप्रेस फाइनान्स कारवाहीमा परेको छ । त्यसैगरी जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्सले पनि गतबर्ष पनि कारवाही भोग्दै आएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता