डोल्पामा बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १६:५१:९
हेमन्त केसी
११ कार्तिक, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन् ।
दैनिक दर्जनौँ बिरामी आउने गर्छन्, सबैले अस्पतालमा औषधि नहुँदा बजार गई किनेर ल्याउने गरेको बिरामीका आफन्त कुमार केसीले बताए । उनले भने, “मैले त सबै औषधि निःशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नुप¥यो, अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन ।” स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मातहतमा रहेको छ । आर्थिक वर्ष २०७८/0८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको मताहतमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन् । स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारीअनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ । “औषधि नहुँदा नसाबाट आषधि दिने बिरामीलाई सबैभन्दा बढी सास्ती भएको छ”, उनले भने, “औषधि छैन बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामी रिसाउछन्, हामी मेडिकलमै उपचार गर्छौं उसो भएभन्दै फर्कन्छन ।”
एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ । एक्सरेको प्रिन्टरमा खराबी आउँदा हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने उनले बताए । सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ । कीटको अभावमा सबै खालको परीक्षण गर्न नपाइएको चिकित्सकले बताएका छन् । कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्नसमेत अप्ठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामी बताउँछन् । स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ । सिटामोलबाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सक बताउँछन् ।
विशेषज्ञसहित नौ चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच करारका चिकित्सकको भरमा छ । दरबन्दीमा एक नर्सबाहेक सबै करारमा छन् । करारमा कार्यरत नर्सको नवीकरणसमेत नगरिएकाले काम गर्न मुस्किल हुँदै आएको छ । जनशक्ति, औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताए। “नयाँ औषधि ल्याइएको पनि छैन, भनेको सबै औषधि पनि डोल्पामा पु¥याउन सकिँदैन कुरा यही हो”, उनले भने । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार