गुँरास लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार २२:३२:२०
१० मंसिर, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को साढे पाँच प्रतिशतले हुने आउने रकम १० करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत श्रन्य दशमलव २८९ प्रतिशत रु। ५७ लाख १९ हजार र्२ सय ३१.५७ नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक (Fraction Share) शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक(Fraction Share) शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकि रहन आउने दशमलब पछिको अंक (Fraction Share) शेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ ।
बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार