१० माघ २०७८, सोमबार

कांग्रेस तेह्रथुम महासमिति सदस्यमा ११ जना सर्वसम्मत छानिए

प्रकाशित मिति :  ११ मंसिर २०७८, शनिबार ११:१४


११ मंसिर, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनोट भएका छ्न ।

जिल्ला अधिवेशनबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिबाटै सदस्यहरू छनोट भएका हुन् । महासमिति सदस्य छनोट हुनेमा तुसली सुब्बा, गणेश बिमली,अर्जुन माबोहाङ, सन्तोष सुब्बा, टेकराज तिगेला, विजय सम्बाहाङ्फे, रामकृष्ण लकान्द्री, केशव भेटुवाल, बसन्ती गुरुङ, राधा प्रधान र शारदा कोइराला रहेको जिल्ला सचिव विपीन निङलेकुले जानकारी दिए ।

जिल्लाको ४३ वटै वडाह र ६ पालिका सर्वसहमत नेतृत्व चयन गरेको कांग्रेस तेह्रथुमले निर्वाचन क्षेत्र प्रदेश सभा र जिल्ला अधिवेशन निर्वाचनद्वारा नेतृत्व चयन गरेको थियो । प्रदेशसभा र जिल्ला पनि सर्वसहमत नेतृत्व चयनमा जुटेको कांग्रेस तेह्रथुम कार्यसमिति निर्वाचनबाटै चयन भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा







कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता