राष्ट्रिय खेलाडीले बाह्रबिसे कप ब्याडमिन्टन खेल्ने
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बिहिबार ३:१०:२०
१५ मंसिर, काठमाडौं । सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्र व्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरू खेल स्थलमा आइपुगिसकेको छन् ।
मंसिर १५ देखि १८ गते सम्म हुने राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ‘नेपाल ब्याडमिन्टन संघको एकल तर्फ उच्च २० बरीयतामा रहेका खेलाडीहरू बाहेक’, सिन्धुपाल्चोक जिल्ला स्तरीय पुरुष युगल र भेट्रान्स युगल गरी ५ विद्यामा १४८ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
५ लाख ५० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार दोस्रोले ६५ हजार तथा तेस्रोले ३० हजारका साथै मेडल, प्रमाण पत्र पाउनेछन् । महिला एकल तर्फ ५० हजार दोस्रोले २५ हजार तथा तेस्रोले १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र पाउनेछन् ।
पुरुष युगलतर्फको विजेताले १ लाख पाउँदा दोस्रोले ५० हजार पाउनेछ भने तेस्रोले २५ हजारका साथै मेडल र प्रमाण पत्र पाउँदा जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तरियता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार