अमेरिकामा पारिवारिक खोप क्लिनिकहरू शुरु हुँदै
नेपालबहस संवाददाता
मंसिर १७, २०७८ शुक्रबार १८:१५:५१
१७ मंसिर, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको छ ।
यस बारे राष्ट्रपति जो बाइडेनले बिहीबार जानकारी दिदैं बन्नुभएको छ,’आज म घोषणा गर्दैछु कि हामी देशभर सयौं नयाँ पारिवारिक खोप क्लिनिकहरू शुरु गर्दैछौं। यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्। जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।’
राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भने :- क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् ।यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।
राष्ट्रपति बाइडेनद्वारा कोभिड-१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न संघीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो । सरकारको पाँच-बुँदे योजनामा राष्ट्रव्यापी खोप विस्तार गर्ने र बुस्टरको पहुँच, कोभिड-१९ परीक्षण पहुँच विस्तार गर्ने, सरकारको प्रतिक्रिया टोलीलाई बलियो बनाउने र बाँकी विश्वलाई खोप लगाउने प्रयासलाई गति दिने लगायतका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार