अमेरिकी रेस्लर स्ट्रोमलाई अस्मिताले हराइन्
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ आइतबार १९:४६:२८
१९ मंसिर, काठमाडौं । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् ।
भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् ।
नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए ।
पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे । जोर्डनले भारतीय रेस्लरसंग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसंग भिडेका थिए ।
नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।
विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल ९हिमालयन टाइगर०, प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरे ।
एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार