ओमिक्रोनपछि विराटनगरमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ
सरला बैजु
मंसिर २१, २०७८ बुधबार २:१५:३६
२१ मंसिर, विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ ।
बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
धार्मिक कार्य, विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरु स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भममा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड–१९ को संक्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्य रुपमा ज्वरो लगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगााउने, सबै खालका सवारी साधनहरुमा यात्रुहरुले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरुको कार्यक्रमहरुमा मानिसहरुको अत्यधिक भीडभाडका कारण कोभिड–१९ संक्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।
हाल कोभिड–१९ को संक्रमण प्रदेश नं १ मा न्यून देखिए पनि नयाँ भेरियन्टको संक्रमणको विषयलाई लिएर मानिसहरुमा निकै चिन्ता पनि देखिएको छ । केही मानिसहरु मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र गराउनेतर्फ चेतना पनि अभिवृद्धि गरिरहेको पाइएको सो अवसरमा जानकारी दिइयो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार