खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार २०:१०:१८
२२ मंसिर, सप्तरी । खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । खुन डाँका र कर्तव्य ज्यान गरी २ वटा मुद्दाका फरार प्रतिवादी सुरुङगा नगरपालिका-१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
साविक टिकुलिया गाबिस-७ घर भएका सप्तरी साविक कुसहा गाबिस-६ बस्ने ३५ वर्षीय मोहमद सकिल हुसेनले कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सप्तरीका मोहमद आलम मियाँलाई छुटाई दिन्छु भनी उनकी आमा कैली खातुनबाट ३ लाख रुपैयाँ लिई २०६९ असोज १० गते सोही मुद्दा सम्बन्धमा सल्लाह गर्न काठमाडौं जानु पर्छ भनि कैलीका श्रीमान सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई लगेकोमा सोही मितिदेखि हराएका उनीहरुको २०७२ जेठ ६ गते साविक कल्याणपुर गाबिस-८ स्थित मो. सकिल हुसेन मियाँको कुखुरा फारममा कर्तव्य गरी मारी खाल्डोमा पुरेको अवस्थामा दुवै जनाको शव फेला परेको थियो ।
साथै कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका धिरेन्द्र साहलाई छुटाई दिन्छु भनि उनकी श्रीमती दुलारी देबी साहलाई जग्गा बिक्री गराई ६ लाख रुपैयाँ तयार पारी मो. सकिल हुसेन मियाँले २०७० मंसिर महिनाको पहिलो हप्तातिर धिरेन्द्र साहलाई कारागारमा भेटघाट गर्न दुलारी देबी साहलाई साथमा लिई गएकोमा सोही समयदेखि निज दुलारी साह हराई वेपत्ता भएकोमा २०७२ बैशाख २७ गते सप्तरी साबिक जण्डौल गाबिस-८ स्थित चुरे जंगलको फेदी कुलो कल्भर्टमा दुलारी देवीको शव फेला परेको थियो ।
दुवै घटनामा संलग्न रही फरार गुल्जार मियाँलाई सिरहा सखुवनन्कारकट्टी गाउँपालिका-१ महेशवारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार