पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १६:५१:२४
२३ मंसिर, पाँचथर । पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको छ । तमु ल्होसारको अवसरमा पाँचथरको फिदिम नगरपालिका-७ रानीटारको रानीटार युनाइटेड क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
‘प्रथम ल्होसार महिला गोल्डकप फुटबल प्रतियोगिता’ नाम दिइएको उक्त प्रतियोगितामा प्रदेश १ का आठवटा महिला फुटबल टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगितामा द सेभेन युथ क्लब धनकुटा, धरान युथ क्लब सुनसरी, कनकाई नगरपालिका फुटबल टिम झापा, कर्णसिंह स्मृति क्लब ताप्लेजुङ, पथरीशनिश्चरे वुमेन्स फुटबल क्लब मोरङ, जनता सेभेन क्लब इलाम, आठराई गाउँपालिका फुटबल क्लब तेह्रथुम र आयोजक रानीटार युनाइटेड क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष टङ्क गुरुङले जानकारी दिए ।
आगामी १२(१३ पुससम्म फिदिम–७ रानीटारस्थित बराजु खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । उक्त प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल लगायत पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्ने तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । खेलकुदमार्फत महिलाको सशक्तिकरण र फुटबलमा महिला र पुरुषको समान सहभागिताका सम्वर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका सचिव रुपेन्द्र तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार