६ माघ २०७८, बिहीबार

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार ०८:०२


३० पुस, काठमाडौं । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप ‘इएफएल’ मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो ।

अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा