विज्ञापन किङ विराट कोहली, आम्दानी कति ?
नेपालबहस संवाददाता
माघ १०, २०७८ सोमबार १९:२६:१०
१० माघ, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएपछि उनको ख्यातिमा कस्तो असर पर्ला भनी सर्वत्र चासो राखिएको थियो । टिम इन्डियाका यी सर्वाधिक सफल कप्तानको ख्यातिमा राजीनामापछि पनि कुनै असर नपरेको विश्लेषकहरू बताउँछन् ।
क्रिकेट खेलबाट नाम कमाएका यी ब्याट्सम्यानलाई विज्ञापनको दुनियाँले अहिले पनि उसैगरी पछ्याइरहेको छ । ठूल्ठूला र राष्ट्रिय-अन्तर्राष्ट्रिय कम्पनीहरूको पहिलो रोजाइको मोडल ‘ब्रान्ड’ यिनै कोहली छन् ।
कोहली टिम इन्डियाको कप्तान नरहँदा पनि ब्रान्डमा कुनै असर परेको छैन । अहिले पनि उनी जोडिएको ब्रान्ड संख्यामा असर त परेको छैन नै, साथै उनले लिने पारिश्रमिकमा पनि कुनै प्रभाव परेको छैन ।
कोहलीको हातमा अहिले पनि ३० भन्दा बढी ब्रान्ड छन् । उनले २०२१ सम्म उनले विज्ञापन खेलेर वार्षिक १७८।७७ करोड भारु आम्दानी गरेका थिए । २०२२ मा पनि सो क्रम जारी रहने देखिएको छ ।
पुमा इन्डिया तथा दक्षिण पूर्वएसियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुली भन्छन्, ‘विराटसँथ लामो अवधिको सम्झौता छ र यो हाम्रो कम्पनीको सौभाग्य हो । निश्चित रूपमा विराटले क्रिकेटको कप्तानीबाट राजीनामा दिए र उनी एक शानदार एथलेट हुन् । उनको प्रदर्शन असाधारण छ ।’
कोहलीसँग जर्मनीको एक कम्पनीले २०१७ मा आठ वर्षका लागि ११० करोड रुपैयाँमा सम्झौता गरेको थियो, जुन अद्यापि जारी छ । कोहली पुमा स्पोर्ट्सवियर, हिरो टु ह्विलर्स, एमआरएफ टायर, अडी कार, फेसन प्लेटफर्म मिन्त्रा, अमेरिकन टुरिस्टर लगेज, भिभो स्मार्टफोन, हाइपरिस वेलनेस, क्लोदिङ तथा एक्सेसरिज ब्रान्ड रोनलगायत थुप्रै ब्रान्डसँग आवद्ध छन् ।
विश्लेषकहरूका अनुसार, जसरी एमएस धोनीले कप्तानी छाडेपछि पनि उनको ब्रान्ड भ्याल्युमा कुनै कमी आएन, त्यसरी नै कोहलीको ब्रान्ड भ्याल्यु वृद्धि भइरहेको छ । कोहली सोसल मिडियामा उत्तिकै सक्रिय छन्, उनका फलोअर्स बढ्ने क्रम जारी छ ।
कोहली २०२१ मा हापर इन्स्टाग्राम रिचमा सर्वोच्च र्यांकिङ लिस्टमा पर्ने भारतीय नागरिक बनेका थिए । हापरका अनुसार, विराट कोहलीले इन्स्टाग्राममा प्रत्येक प्रोमोसनल पोस्टका लागि करिब पाँच करोड भारु पाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
कांग्रेस आफ्नो अडानबाट टसमस नहुने, संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गरिने
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार