यस वर्ष सुपारी आयात खुला गर्दा ६० करोडको डिल
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १८:२०:५१
८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा र केही व्यापारीहरुको मिलेमतोमा सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भएको समाचार यतिबेला नेपालका प्रमुख सञ्चारमाध्यममा छरपष्ट भएको छ ।
आर्थिक चलखेलकै कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरूले सुपारी, केराउ, छोकडा जस्ता वस्तु आयातको टिप्पणी उठाएर स्वीकृतिका लागि प्रधानमन्त्री देउवालाई पठाएका थिए ।
‘विभागीय मन्त्री नभएको बेला सिधै प्रधानमन्त्री निवास र कार्यालयबाटै सुपारीको ‘लाइन’ खुलाउन दवाव आएको थियो हामीले सोही अनुसार स्वीकृतिका लागि टिप्पणी उठाएर पठाएका हौ’, मन्त्रालयका एक उच्च अधिकारीले नेपालबहसलाई बताए । स्रोतका अनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी प्रदीपकुमार मित्तल र दिनेश राठी लगायतका केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिइएको हो ।
‘प्रधानमन्त्री कार्यालय र निवासबाट दवाव आएपछि सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाइयो, त्यहाँ रोकिने अवस्था थिएन’, स्रोतले भन्यो । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् ।
तर, सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसका पूर्वसांसद तथा व्यवसायी अनिल रुङ्टा र प्रधानमन्त्रीकै गृहजिल्ला डडेलधुरा घर भएका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरेको बताइन्छ । हाल भट्ट विदेशमा रहेका छन् ।
नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोरकुमार मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर देउवा पत्नीमार्फत भट्टले सो चाजोपाँजो मिलाएका हुन् । ‘सुपारी तस्करीको लाइन खुलाउन कम्तीमा ५० देखि ६० करोड रूपैयाँको डिल भएको छ’, स्रोतले भन्यो । यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेका थिए । मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् ।
सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो केपी ओली सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । दिनेश राठी, अनिल रुङगटा लगायतका व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ ।
क्षमायाचना तथा भूल सुधार
यस समाचारमा उल्लेखित पूर्वप्रशासक रामचन्द्र भट्ट डडेल्धुराको फोटो हुनुपर्नेमा प्राविधिक असावधानीबश नागरिक दैनिकका पूर्व पत्रकार हाल अमेरिका निवासी रामचन्द्र भट्टको फोटो पर्न गएकोमा समाचार प्रकाशित भएको २ घण्टाभित्रै हटाइएको सबैमा जानकारी गराउँदछु ।
असम्बन्धित व्यक्तिको फोटो समाचारमा परेकोमा पत्रकार रामचन्द्र भट्टसित म व्यक्तिगत र संस्थाको तर्फबाट समेत माफी माग्दै गल्ती भएकोमा क्षमायाचना गर्दछु । यसबाट उहाँमा पर्न गएको चोटप्रति क्षमायाचना तथा भूलसुधार गर्दै आम पाठक वर्गले सोही अनुसार बुझिदिनु हुन पनि अनुरोध गर्दछु । धन्यवाद । प्रधानसम्पादक , नेपालबहस डटकम ।
त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् । उनीहरुले सुपारी आयात गरी विदेश पठाउन थालेपछि नेपालको सुपारीको मुल्यमा गिरावट आउने गरेको छ । त्यतिमात्र होइन नेपालमा उत्पादन भएको सुपारी बिक्री हुन समेत छाडेको छ । तर व्यापारीहरुले आयात गरेको सुपारीलाई पनि नेपालमै उत्पादन भएको भन्दै भारतमा तस्करी गर्ने गरिएको छ । सुपारीको आयात खुलाउँदा २० देखि २५ रुपैया प्रतिकिलो कमिशन छुट्याउने गरिएको स्रोतको दावी छ ।
भन्सार विभाग मौन
भन्सार विभागले सुपारी आयातको मात्रै विवरण राख्ने गरेको छ । निर्यातको विवरण नै नभएको विभागले जनाएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब १६ लाख रुपैयाँ बराबारको ६ हजार ४ सय १५ टन सुपारी आयात भएको छ । उक्त सुपारी आयात भएको विवरण देखिए पनि निर्यातको विवरण भन्सार विभागसँग छैन । थाइल्याण्ड, इन्डोनेसियाबाट आयात भएको सुपारी अवैध रूपमा भारत पठाउने गरिएको छ ।
भन्सारका कर्मचारीसँग मिलेर विदेशी सुपारीलाई नेपाली उत्पत्तिको प्रमाणपत्र दिने र भारत निकासी हुने गरेकाले त्यसको विवरण नराखिएको हो । तस्करीलाई रोक्न र निर्यातलाई व्यवस्थित गर्नसके नेपालमा सुपारी खेतीमा युवाको सहभागिता हुने संभावना भएपनि सरकार नै त्यसको बाधक बनेको छ । ‘सरकार नै तस्करीमा संलग्न भएको अवस्था देखिन्छ, कानुन र विधि पुर्याएर व्यापारीलाई आयात गर्न दिदाँ यो अवस्था देखिएको हो’, एक उच्च अधिकारीले भने ।
र याे पनि….
शक्तिको आडमा सुपारी आयात खुला: यी हुन् भारततर्फ तस्करीको लाइन चलाउने व्यापारीहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार