मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज सलिना महर्जनलाई
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १९:१९:१०
१९ बैशाख, काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन्।
नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।
उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छरु भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन्।
उनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।
उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन्।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौंको ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा सिर्जना महर्जन युएफओ मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप, शिला प्रजापति बेस्ट ड्रेस, श्वेच्छा महर्जन मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठ बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयर भएका छन्।
त्यसै गरी किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिपको उपउपाधि विजेता भएका छन्।
पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार