घरेलु मैदानमा नेपाल लगातार युगान्डासँग पराजित
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २२:३५:३०
३ जेठ, काठमाडौं । पाँख खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलान्तर्गत दोस्रो खेलमा युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि एक विकेटको साँघुरो जित निकालेको छ । जितसँगै पाँच खेलको श्रृंखलामा युगान्डाले २-० अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले निर्धारित ओभरको एक बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गर्यो । युगान्डाको जितमा रिता मोसामालीले सर्वाधिक ३० रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरिन् । यस्तै, फ्यांक्लिन नाज्जुम्बाले १९ रन बनाउँदा जनेत एम्बाबाजीले १६ रन बनाइन् ।
नेपालकी कविता कुँवर र सबनम राईले समान दुई विकेट लिए । यसबाहेक, सीता रानामगर र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए । यसअघि टस हारेपछि ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो ।
नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाएकी थिइन् । विन्दुले ३६ बलम दुई चौका प्रहार गरेकी थिइन् । यस्तै, सरिता मगरले २२ र कप्तान रुवीना क्षेत्रीले १७ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
नेपालको खातामा डोली भट्टले नौ रन जोड्दा सीता रानामगरले ६ र अप्सरी बेगमले तीन रन थपिन् । युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए ।
नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी(२० श्रृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार