संसद बैठक: हाजिरमा देखिन्छ, हलमा देखिदैनन् सांसद
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २१:४३:३४
५ जेठ काठमाडौं । यति बेला संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरु चलिरहेका छन् । बैठकमा आगामी आर्थिक वर्षका लागि बजेटको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ । तर, अधिकांश सांसद छलफलमा सहभागि छैनन् ।
देश आर्थिक संकटमा छ । सरकारले आगामी आर्थिक वर्षको बजेटका सिदान्त र प्राथमिकतामाथि छललफल गराउन प्रस्ताव लगेको छ र प्रस्तावमाथि छलफल पनि भइरहेको छ । तर, बैठकमा बजेटमाथि चासो देखाउने सांसद छैनन् ।
छलफलमा विभिन्न पार्टीका सांसदहरूले भाग लिएका छन् । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले सांसदहरूका जिज्ञासाको जवाफ दिने कार्यक्रम छ आज । दिउँसो सम्म अर्थमन्त्री स्वयम पनि बैठकमा पुगेकै थिएनन् ।
एक चौथाइ सांसदहरूको उपस्थिति रहेसम्म बैठक सुचारु हुने व्यवस्था नियमावलीमा गरिएका कारण जेनतेन संसद्को बैठक अघि बढेको छ । एक चौथाइ संख्या पनि हजिर खातामा मात्रै भेटिन्छ, बस्ने कुर्चीमा सांसद भेटिदैनन् ।
कतिपय अवस्थामा यही गणपूरक संख्या नपुगेकै कारण बैठकअगाडि बढ्न नसकेका उदाहरण छन् । कतिपय सांसद बैठकमै जाँदैनन्, कतिपय गएर पनि हाजिर गरेर फर्कन्छन् । हाजिर भएपछि बैठकमा सहभागी नभए पनि १ हजार रुपैयाँ साधारण र १ हजार रुपैयाँ यातायात गरी दैनिक २ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।
मासिक पारिश्रमिकबाहेकको रकम हो यो । मासिक पारिश्रमिक भने बैठकमा सहभागी नभए पनि मिल्छ । अर्कोतर्फ विना जानकारी लगातार १० पटकभन्दा बढी पटक अनुपस्थित भएमा सांसद पद नै गुम्ने नियम छ । कतिपय सांसद यो कानुनबाट बच्न हाजिर लगाएर फर्कने गरेका छन् । कतिपय भत्ताकै लागी हाजिर गर्न संसद् सचिवालयमा पुग्ने र त्यसपछि फर्कन्छन् ।
संसद् भनेको मुलुकको विधि निर्माणको एक मात्रै थलो हो । विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा नजानु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति कतिसम्म उदासीन रहेछन् ? भन्ने उदाहरण मंगलबार यताको संसद बैठकमा देखिएको छ ।
सांसदमाथि कस्ता कानुन कसरी बनाउने, तिनमा के–के मापदण्ड राख्ने भन्नेमा ठूलो भूमिका हुन्छ । तर, उनीहरूले आफ्नो आवश्यकता महसुस गरेको पाइँदैन । यही कारण कतिपय अवस्था सांसदहरुमाथि मात्र हैन संसदीय व्यवस्थामै प्रश्न उठ्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार