मिस एण्ड मिस्टर सुप्रन्यासनलका ट्यालेन्ट अनेक
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २०:४०:१८
९ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेष्ठ १५ गते होटल सोल्टीमा एक समारोहकाबीच आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शिर्ष उपाधिका लागि भिड्दैछन् ।
प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउण्डमा आयोजना भयो । सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, , गायिका सोना अमात्य, मिष्टर नेपाल सन्तोष उपाध्याय, लेखक, जयदेव गौडेल निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा युवती तर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नविना बाँनिया, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, केसु खड्का, प्रनिका श्रेष्ठ, एरी तुलाधर र युवक तर्फ प्रेमचन्द्र मण्डल, मानस कुमार राई, दीपेन्द्र शर्मा, रुपेश महत्तो, श्रीजन भट्टराई, संजय तिमिल्सेन, सनिस श्रेष्ठ, सन्दीप कुमार शाह, सुमन सुनार, अनिस कार्की, चिराग बंदेललगायत प्रतियोगी रहेका छन् ।
‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।
‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगिता मध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने दाबी गरिएको प्रतियोगिता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।
प्रतियोगी अहिले अन्तिमस्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी बिभिन्न प्रशिक्षणसहित लिइरहेका छन् । ४ एपिसोड र एउटा ग्रान्ड फिनालेको रुपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ । प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउँनेछन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार