रामकोटधाममा रथयात्रा महोत्सव
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:३५:५९
११ जेठ, बागलुङ । झरीबीच रामकोटधाममा आज रथयात्रा महोत्सव चलिरहेको छ । काठेखोला गाउँपालिका–५ मा पर्ने उक्त धार्मिकस्थलमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा निकालिन्छ । धाममा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा गरिएको दिन पारेर हरेक वर्ष आजैका दिन रथयात्रा गर्ने थिति बसालिएका हो । दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०४० मा उक्त मन्दिरको स्थापना गरेका थिए।
त्यसयता सालिन्दा रथयात्रा महोत्सव गर्ने गरिएको परमानन्द सन्यास आश्रमका उपाध्यक्ष गौरीशंंकर शर्मा सुवेदीले बताए । “अहिलेको ३९औँ रथयात्रा हो, झरीको समेत पर्वाह नगरी भक्तजनको भीड लागेको छ”, उनले भने, “महादेव शंकरको जन्मोत्वसका रुपमा यसलाई मनाइन्छ ।” पहिलेपहिले घरधन्दा, खेतीपाती र सरकारी कामकाजसमेत छाडेर मानिसहरु रथयात्रामा सामेल हुने गरेको उपाध्यक्ष सुवेदीले सुनाए । रथयात्रा निकाल्नुअघि मन्दिर परिसरमा पण्डितहरुले लघुरुद्राभिषेकलगायत विशेष पाठपूजा गर्ने चलन छ ।
दिउँसो भगवान् शिवको प्रतिमालाई रथमा राखेर भजनकीर्तन र बाजागाजासहित धामको वरिपरि परिक्रमा गराइन्छ । “श्रद्धालुहरुले महादेवको उपासना गर्छन्, रथयात्रामा सहभागी हुँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ”, उपाध्यक्ष सुवेदीले भने, “यो वर्ष पनि चितवन, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँबाट भक्तजनहरू आएका छन् ।” रथयात्रा महोत्सव रामकोटधामको धार्मिक, सांस्कृतिक चिनारीसँग जोडिएको स्थानीयवासी भरतप्रसाद सापकोटाले बताए । रथयात्रा गरेमा घरगाउँमा महाव्याधि नआउने, अन्नपातको संकट नहुने, लामो खडेरी नपर्ने जस्ता जनविश्वास रहिआएको उनको भनाइ छ ।
“रामकोटधामका संस्थापक दिवङ्गत गुरु परमानन्द सरस्वती महाराजका पालादेखि नै रथयात्राको परम्परा सुरु भएको हो,” सापकोटाले भने, “हरेक वर्ष जेठ ११ गते नै रथयात्रा निकालिन्छ, धार्मिक हिसाबले यसलाई महत्वका साथ लिइन्छ ।” धाममा महादेव मन्दिरसँगै सन्यास आश्रम र संस्कृत गुरुकुल पनि छ । गुरुकुलको पनि दिवङ्गत स्वामी परमानन्द सरस्वतीले सुरुआत गर्नुभएको थियो । उहाँ रामकोटधामको संस्थापकले समेत छन् । हाल धामको संरक्षक राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वती छन् ।
परम्पराको जगेर्ना, पूर्वाधार विकास र प्रचारप्रसारले पछिल्लो समय रामकोटधाम धार्मिक गन्तव्यस्थलका रुपमा चिनिँदै गएको छ । गण्डकी प्रदेशका ११० पर्यटकीय गन्तव्यमा पनि रामकोटधाम सूचीकृत छ । धाम क्षेत्रको संरक्षण र विकासमा सरकारी निकायदेखि जनसाधारणसम्मको हातेमालो छ । त्यहाँ रथयात्रा महोत्सवसँगै बालाचर्तुदशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक मेला र अनुष्ठान चल्ने गर्छन् ।
वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम भक्तजनको रोजाइमा छ । त्रिपुरेश्वर महादेव मन्दिरभित्र रहेको पाँच सय किलोको शिवलिङ्गले पनि धामको आकर्षण थपेको छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्ग त्यहाँ प्रतिस्थापन गरिएको हो ।
झन्डै ३५० रोपनी क्षेत्रफलमा धाम फैलिएको छ । पहाडको थुम्कोमा चारैतिरबाट जंगलले घेरेको हुनाले रामकोटधाम यसै पनि आकर्षक छ । सदरमुकामदेखि बागलुङ बजारदेखि २० किमी दूरीमा रामकोटधाम पर्छ । नजिकै मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्ने भएकाले आउजाउ सहज छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार