१६ असार २०७९, बिहीबार
बाग्मती प्रदेश

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १४:५०


 ६ असार, भक्तपुर ।  भक्तपुर नगरपालिका(७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।

शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्ति पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो ।

 

 


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता