११ असार २०७९, शनिबार

भुस्याहा कुकुरले टोक्दा एक महिला गम्भीर, थप उपचारका लागि नेपालगञ्ज लगियो

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार २२:०२


७ असार, हुम्ला । कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए ।

उनीमाथि ६र७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको उनले बताए। कुकुरले टोकेर घाइते भएकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

कुकुरको टोकाइबाट सक्त घाइते भएकी महिलाको जिल्ला अस्पातल हुम्लामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । घाइतेलाई आजै नेपालगञ्ज लगिएको आफन्त रावतले जानकारी दिए ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा