१३ असार, काठमाडौं । न्यायपरिषदले अडियो काण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई निलम्बित गरेको छ । आर्थिक लेनदेन बार्गेनिङको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए ।
न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो । छानबिन समिति गठनबारे सोमबार राजपत्रमा सूचना प्रकाशित भएको हो ।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो । यसै विषयमा उनी निलम्बनमा परेका हुन् ।